Nepal Purbadhar

निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिले छोटो समयमै महत्वपूर्ण काम गर्‍यो : परिषद्


काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले नेपाल निर्माण व्यवसायी महासंघको वर्तमान कार्यसमितिले छोटो अवधिमै निर्माण व्यवसायीका दीर्घकालीन समस्या समाधानमा महत्वपूर्ण काम गरेको भन्दै बधाई तथा सम्मान व्यक्त गरेको छ।

परिषद्का अध्यक्ष बलिभद्र रानाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार महासंघका अध्यक्ष निकोलस पाण्डेलाई भेटेर बधाई तथा सम्मान व्यक्त गरेको हो।

परिषद्का अनुसार सार्वजनिक खरिद ऐन संशोधन, सार्वजनिक खरिद प्रणालीमा औसत दर प्रणाली लागू, सार्वजनिक खरिद नियमावलीको १५औँ तथा १६औँ संशोधन र व्यवसायीमैत्री मौद्रिक नीति ल्याउन महासंघको वर्तमान कार्यसमितिको महत्वपूर्ण भूमिका रहेको छ।

निर्माण व्यवसायीका प्राविधिक तथा कानुनी समस्या सम्बन्धित प्रदेशमै समाधान गर्ने उद्देश्यले सबै प्रदेशमा प्राविधिक तथा कानुनी शाखा स्थापना गर्नु पनि महत्वपूर्ण उपलब्धि भएको परिषद्का अध्यक्ष रानाले बताए।

महासंघको वर्तमान कार्यसमिति २०८२ चैत १९ गते सम्पन्न १३औँ अधिवेशनबाट निकोलस पाण्डेको अध्यक्षतामा निर्वाचित भएको थियो।


Read Previous

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसहित निकटस्थको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

Read Next

बाढी प्रभावितका लागि ३२० वर्गफिटका दुई कोठे अस्थायी घर बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar