Nepal Purbadhar

६३० पालिकामा कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न, कतिपय स्थानीय तहमा मौसम बाधक


काठमाडौं। नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० स्थानीय तहमा गाउँ-नगर अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनमार्फत ती स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कतिपय स्थानीय तहमा भने प्रतिकूल मौसमका कारण अधिवेशन सम्पन्न हुन नसकेको समितिले जनाएको छ।

कांग्रेसले असोज १० गतेका लागि तय गरेको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम सम्बन्धित क्षेत्रको मौसमको अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिएको छ।

मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा अधिवेशन गर्न र मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टीको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपछि जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनमा पुग्ने कार्यतालिका रहेको छ।


Read Previous

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

Read Next

आगामी ३ दिन प्रतिकूल मौसमको सम्भावना, ५ दिन सतर्क रहनुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar