Nepal Purbadhar

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगर्न सरकारको आग्रह


काठमाडौं। सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै आवश्यकता भन्दा बढी वस्तु सञ्चय तथा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो।

मन्त्रालयका अनुसार बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइनेछ।

मन्त्रालयले विपद् तथा चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई थप सघन बनाइएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा उपभोक्तालाई आवश्यकताभन्दा बढी वस्तु सञ्चय नगर्न आग्रह गरिएको छ।


Read Previous

ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

Read Next

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar