Nepal Purbadhar

खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनको मस्यौदामा राय-सुझाव माग


काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ संशोधन गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालाबाट राय-सुझाव माग गरेको छ।

मन्त्रालयले विधायन ऐन, २०८१ को दफा ६ बमोजिम संशोधन विधेयकको मस्यौदा सार्वजनिक गरेको हो। प्रस्तावित संशोधनमा नेपाल सरकारको कार्य विभाजन नियमावली, २०८३ अनुकूल हुने गरी ऐनका केही व्यवस्था संशोधन तथा थप स्पष्ट गर्ने प्रस्ताव गरिएको छ।

मन्त्रालयका अनुसार खाद्य स्वच्छताको परीक्षण तथा अनुगमनका क्रममा अखाद्य वा न्यून गुणस्तरका खाद्य पदार्थ बिक्री तथा वितरण गरेको पाइएमा तत्काल जरिवाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित कानुनी व्यवस्थालाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने उद्देश्यले संशोधनको प्रस्ताव अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मस्यौदामाथि कुनै राय वा सुझाव भए २०८३ असोज १४ गतेभित्र कानून शाखाको इमेलमार्फत पठाउन आग्रह गरेको छ।

प्राप्त राय तथा सुझावलाई आवश्यकताअनुसार समेटेर संशोधन विधेयकको मस्यौदालाई थप परिमार्जन गरिने मन्त्रालयले जनाएको छ।


Read Previous

सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

Read Next

ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar