Nepal Purbadhar

एक आर्थिक वर्षभित्र मधेसमा ५९१ किलोमिटर सडक निर्माण


जनकपुरधाम। मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठओटै जिल्लामा जम्मा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरेको छ।

यस अवधिमा २२७.०६ किलोमिटर ढलान, ३३६.६८ किलोमिटर ग्राभेल र २७.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको हो। साथै ६१.१० किलोमिटर पक्की नाला, १३८ कल्भर्ट, १८४ ह्युमपाइप र तीन ओटा पुल निर्माण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

सडक तथा पुल निर्माणबाट ग्रामीण क्षेत्रको यातायात सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्‍याउन र दैनिक आवतजावतमा सहजता आएको मन्त्रालयको भनाइ छ।


Read Previous

दैलेखमा सुख्खा पहिरो जाँदा कर्णाली राजमार्ग पुनः अवरुद्ध

Read Next

बाढीबाट अवरुद्ध विद्युत् सेवा पुनःस्थापनामा तीव्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar