
सांकेतिक रूपमा प्रयोग गरिएको तस्बीर।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु भएकामध्ये २४४ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार बाढीपछि विभिन्न स्थानबाट २४४ शव शिक्षण अस्पताल ल्याइएको हो।
अस्पतालमा ल्याइएका शवमध्ये १६१ को अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भएपछि परिवार तथा आफन्तलाई जिम्मा लगाइएको डा. चौधरीले बताए।
हाल ५९ शव अस्पतालमै रहेको उनले जानकारी दिए। तीमध्ये केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि आवश्यक व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
