Nepal Purbadhar

त्रिशूली–३ ‘ए’ अपडेट : सुरुङभित्र फसेकासग दोहोरो कुराकानी


काठमाडौं । बाढी र लेदोका कारण प्रभावित बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्य अझै जारी रहेको छ।
उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेको छ। उद्धारका क्रममा टोलीले भित्र रहेका व्यक्तिहरूलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको जानकारी प्राप्त भएको छ।
भित्रबाट आएको प्रतिक्रिया उद्धारमा खटिएको टोलीका लागि आशाजनक संकेतका रूपमा लिइएको छ। नेपाली सेना तथा सशस्त्र प्रहरीसहितको उद्धार टोलीले सुरुङभित्र पुगेर फसेका व्यक्तिहरूको उद्धारका लागि प्रयास तीव्र बनाएको छ।
उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै सुरक्षित रूपमा बाटो खुलाउने तथा भित्र रहेका व्यक्तिहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेको छ।


Read Previous

त्रिशूली–३ ‘ए’ अपडेट : सुरुङभित्र मानिस बोलेको आवाज सुनियो

Read Next

त्रिशूली–३ ‘ए’ अपडेट: सुरुङबाट एक जनाको जीवित उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar