Nepal Purbadhar

२७ संस्था तथा व्यक्तिबाट शुक्रबार मात्रै राहत कोषमा ३८ करोड ५६ लाख सहयोग


काठमाडौं। रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा शुक्रबार एकै दिन ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ सहयोग प्राप्त भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत विभिन्न २७ संस्था तथा व्यक्तिले उक्त रकम सहयोग गरेका हुन्।

सबैभन्दा धेरै सूर्य नेपालले १५ करोड रुपैयाँ सहयोग गरेको छ। यस्तै, प्राइम कमर्सियल बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख र मोरङ अटो वर्क्सले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन्।

राजी राणाले व्यक्तिगत रूपमा १ करोड ९ लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छन्। अन्य विभिन्न संस्था तथा व्यक्तिले पनि १ करोडदेखि ११ लाख रुपैयाँसम्म सहयोग गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार शुक्रबार प्राप्त सहयोगसहित प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ठूलो रकम संकलन भइरहेको छ।


Read Previous

एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले बाढी पीडितका लागि २५ लाख दिए

Read Next

लेदो पन्छाएर पृथ्वी राजमार्ग खुल्यो, काठमाडौंतर्फको यात्रा पुनः सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar