Nepal Purbadhar

एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले बाढी पीडितका लागि २५ लाख दिए


काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि शर्माले सहयोग गरेका हुन्।

शर्माले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्षसमेत रहेका शर्माले मातृभूमि संकटमा पर्दा आफू जहाँ भए पनि देशको साथमा रहेको भावना व्यक्त गर्दै सहयोग गरेको बताएका छन्।

उनले विश्वभर रहेका नेपालीलाई आफ्नो सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नसमेत अपिल गरेका छन्।


Read Previous

प्राइम कमर्सियल बैंकले बाढी प्रभावितका लागि सरकारलाई ३ करोड १ लाख दियो

Read Next

२७ संस्था तथा व्यक्तिबाट शुक्रबार मात्रै राहत कोषमा ३८ करोड ५६ लाख सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar