Nepal Purbadhar

भीषण बाढीले रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजना प्रभावित

सांकेतिक रूपमा प्रयोग गरिएको चिलिमे जलविद्युत गृहको प्रवेशद्वार, फाइल तस्बीर।


काठमाडौं। भीषण बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी दुवै जिल्लाका १५ जलविद्युत् आयोजना प्रभावित भएका छन्।

प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित आयोजनामध्ये १० वटा सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन अवस्थामा छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५९ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ।

रसुवा जिल्लामा मात्रै सञ्चालनमा रहेका ५ आयोजना गरी २३६ मेगावाट र निर्माणाधीन ३ आयोजना गरी ३४२ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।

रसुवाका प्रमुख प्रभावित आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, १२० मेगावाटको रसुवा–भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मेलुङ–ए, ७८ मेगावाटको सान्जेन खोला, ५ मेगावाटको मैलुङ खोला, २० मेगावाटको लाङटाङ खोला र २२ मेगावाटको तिलोमेलगायत आयोजना छन्।

यस्तै, नुवाकोटमा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा तथा २५ मेगावाटको सोलार आयोजना प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

नुवाकोटमा सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता १२३ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ५२.६ मेगावाट रहेको छ।

बाढीबाट आयोजनाका संरचना, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा परेको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक मूल्यांकनपछि मात्रै यकिन हुने देखिन्छ।


Read Previous

राहत, उद्धार र खोजीमा परिचालन हुने निजी हेलिकप्टरलाई अनुमति लिनु नपर्ने

Read Next

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar