Nepal Purbadhar

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको बल्क डेलिभरी सुरु


काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली (Morbidelli) का मोटरसाइकल नेपाली बजारमा बल्क डेलिभरी सुरु भएको छ।

नेपालका लागि मोर्बिडेलीको आधिकारिक वितरकले ग्राहकबाट बढ्दो माग आएको जनाउँदै पहिलो चरणमा मोटरसाइकलको बल्क डेलिभरी सुरु गरिएको जानकारी दिएको हो।

कम्पनीका अनुसार छोटो समयमै मोर्बिडेलीका विभिन्न मोडलप्रति ग्राहकको चासो बढेको छ। मोटरसाइकलको डिजाइन, इन्जिन प्रदर्शन, सुरक्षा फिचर तथा राइडिङ अनुभवका कारण ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीको दाबी छ।

“ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागका आधारमा पहिलो चरणको बल्क डेलिभरी सुरु गरेका छौं,” कम्पनीले जनाएको छ।

यसैबीच, मोर्बिडेली नेपालले आगामी NAIMA Auto Show 2026 मा Morbidelli T250X मोडल सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। एड्भेन्चर तथा टुरिङ सेग्मेन्टलाई लक्षित गरी ल्याउन लागिएको उक्त मोडलमा आधुनिक प्रविधि र नयाँ डिजाइन समावेश गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले आगामी दिनमा नयाँ मोडल विस्तार गर्नुका साथै बिक्रीपछिको सेवा सुदृढ बनाउने योजनासमेत अघि बढाएको जनाएको छ।


Read Previous

आर्थिक सुधारमा राष्ट्र बैंकलाई सक्रिय सहयात्री बन्न अर्थमन्त्रीको आग्रह

Read Next

तस्बिरहरूमा हेर्नुहोस् काठमाडौँका सडकमा अझै असरल्ल तार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar