Nepal Purbadhar

ग्यास लिन सर्वसाधारणको भीड, डिपोमा छैन, उद्योगमै पुगे उपभोक्ता (तस्बीरहरू)


काठमाडौं। काठमाडौंको बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको ठूलो भीड लागेको छ।

ग्यास डिपोहरूमा एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता खाली सिलिन्डर बोकेर सिधै नेपाल ग्यास उद्योग पुगेका हुन्। उद्योग परिसरमा बिहानदेखि नै ग्यासका लागि लाइन लाग्ने र सर्वसाधारणको भीड बढेको देखिएको छ।

पछिल्ला केही दिनयता देशका विभिन्न स्थानबाट एलपी ग्यास सहज रूपमा उपलब्ध नभएको गुनासो आइरहेका बेला काठमाडौंमा पनि ग्यास वितरणमा चाप बढेको देखिएको हो।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको तथा मागअनुसार आपूर्ति भइरहेको जनाएको थियो। तर, विभिन्न ग्यास डिपोमा आपूर्ति प्रभावित भएपछि उपभोक्ता उद्योगमै पुगेर ग्यास लिन बाध्य भएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रभावित क्षेत्रका स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमा दिन इप्पानको आग्रह

Read Next

ट्रम्पको युद्धविराम दाबीमा इरानको अविश्वास, होर्मुज तनावबीच इराकले रोज्यो वैकल्पिक तेल मार्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar