Nepal Purbadhar

अनलाइनबाट बिक्री भइरहेका सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन बरामद, परीक्षण जारी


काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्री–वितरण भइरहेका एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ।
विभागका अनुसार अनुगमन टोलीले विभिन्न प्रकारका मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु बरामद गरेको हो।
नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोग गर्न मिल्ने वा नमिल्ने विषयमा हाल प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ।
विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै नक्कली उत्पादनको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई थप तीव्र बनाइएको बताए।
उनका अनुसार प्रयोगशाला परीक्षण प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित उत्पादन तथा व्यवसायीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ।
विभागले बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन उपभोक्तासँग आग्रह पनि गरेको छ।

Read Previous

माथिल्लो जुनबेँसी जलविद्युत् आयोजनाको प्रसारण लाइनबारे राय-सुझाव माग, ३५ दिनभित्र प्रतिक्रिया दिन आग्रह

Read Next

पहलमानपुर र महेन्द्रनगर सबस्टेशनको क्षमता विस्तार, केरौन सबस्टेशन सञ्चालनको अन्तिम तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar