
काठमाडौं । नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले बलम्बु फ्लाइओभर क्षेत्रमा गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ।
स्थानीयका माग सम्बोधन गर्नुपर्ने भन्दै संघर्ष समितिले धर्ना दिएको थियो। धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको बताइएको छ।
बलम्बु क्षेत्रमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गसँग सम्बन्धित फ्लाइओभर निर्माणका क्रममा स्थानीयले मुआब्जा, पहुँचमार्ग तथा अन्य स्थानीय माग सम्बोधन गर्नुपर्ने बताउँदै यसअघि पनि विरोध गर्दै आएका छन्। फ्लाइओभर निर्माणमा स्थानीयको अवरोधका कारण काम प्रभावित भएको समाचार यसअघि पनि सार्वजनिक भएको थियो।
