Nepal Purbadhar

स्युचाटार सबस्टेसनमा समस्या, आज काठमाडौंका विभिन्न क्षेत्रमा एक घण्टा विद्युत् अवरुद्ध हुने


काठमाडौं । स्युचाटार सबस्टेसनमा १३२ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मत कार्यका लागि आज एक घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज साउन ७ गते अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म सटडाउन लिएर मर्मत कार्य गरिनेछ।

मर्मत कार्यका क्रममा स्युचाटार, पाटन, के-३ र टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ।

मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार पुनः सञ्चालन गरिनेछ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गरेको छ।


Read Previous

लक्षित कर उठाउन अर्थमन्त्रीको दौडधुप सुरू, करदाता ‘खुसी पार्ने’ रणनीति अपनाउन कर्मचारीलाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar