Nepal Purbadhar

पर्यटक आगमन १९ प्रतिशतले बढ्यो, एक महिनामा १ लाखभन्दा बढी विदेशी नेपाल भित्रिए


काठमाडौं। सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सो महिनामा कुल १ लाख २ हजार ६२६ पर्यटकले नेपाल भ्रमण गरेका हुन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले वृद्धि हो।

गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए भने कोरोना महामारीअघिको सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटक भित्रिएका थिए।

बोर्डका अनुसार मे महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट मात्रै ४० हजार ७८२ पर्यटक नेपाल भित्रिएका छन्। त्यसपछि चीनबाट ११ हजार ५१४, संयुक्त राज्य अमेरिकाबाट ९ हजार १, बङ्गलादेशबाट ५ हजार २९८ र संयुक्त अधिराज्यबाट ३ हजार ३७५ पर्यटक आएका छन्।

क्षेत्रगत रूपमा विश्लेषण गर्दा सार्क मुलुकबाट सबैभन्दा बढी ४७.२ प्रतिशत पर्यटक नेपाल आएका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत, अस्ट्रेलिया/न्युजील्याण्डबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अन्य मुलुकबाट ४.५ प्रतिशत पर्यटक आएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार पश्चिम एसियाली क्षेत्रमा देखिएको द्वन्द्वका कारण पर्यटन क्षेत्रमा केही असर परे पनि अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको आकर्षण बढ्दै गएको छ। आगामी दिनमा पर्यटक आगमन अझ वृद्धि हुने अपेक्षा गरिएको छ।


Read Previous

जलाशययुक्त आयोजनाको हिस्सा ३०/३५ प्रतिशत नपुगेसम्म नेपाल बिजुलीमा आत्मनिर्भर बन्न सक्दैन-अर्जुन कुमार गौतम

Read Next

१६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै माल्दिभ्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar