Nepal Purbadhar

सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब


काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।

कुल विनियोजनमध्ये चालु खर्चका लागि १२ खर्ब ७० अर्ब र पुँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब छुट्याइएको छ। यसैगरी वित्तीय व्यवस्थापनतर्फ पनि बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षका लागि कुल खर्च १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। कुल खर्चमध्ये चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्था ३ खर्ब ६७ अर्ब २८ करोड (१९.७५ प्रतिशत) रहनेछ। यो खर्च चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा २१.५६ प्रतिशतले बढी हो।

सरकारले खर्च बेहोर्ने स्रोतमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजस्वबाट जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड प्राप्त हुने अनुमान छ। यी स्रोतबाट पनि ५ खर्ब ४७ अर्ब ६७ करोड अपुग हुने देखिएको छ।

त्यो अपुग रकममध्ये २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋणबाट र ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट जुटाइनेछ। आन्तरिक ऋणमध्ये १ खर्ब ६५ अर्ब ५० करोड साँवा भुक्तानी हुने भएकाले खुद आन्तरिक ऋण १ खर्ब ६४ अर्ब ५० करोड रहनेछ।


Read Previous

शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा सुधारका योजना, शिक्षक क्षमता परीक्षण तथा एआई र एडटेक तत्परता मूल्याङ्कन हुने

Read Next

सूचना तथा सञ्चार मन्त्रालयका लागि ५ अर्ब ९३ करोड बजेट विनियोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar