Nepal Purbadhar

क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त, २१ जनाको आवेदन एकल सिफारिस


काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।

महानिर्देशक पदका लागि २१ जनाको आवेदन परेको थियो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डंगोलको नाम मात्रै सिफारिस गरेको थियो ।

वैशाख १२ गते मन्त्रालयले सात दिनको समय दिएर आवेदन आह्वान गरेको थियो । आवेदन दिनेमा क्यानका उपमहानिर्देशक जगन्नाथ निरौला र प्रेमनाथ ठाकुर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौला, क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूललगायत रहेका थिए ।

डंगोल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन् । उनले यसअघि पनि छोटो समय क्यानको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् । तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि गत मंसिर १९ गते डंगोललाई कार्यवाहक जिम्मेवारी दिइएको थियो ।


Read Previous

मुस्ताङमा सडक स्तरोन्नति हुँदा जिल्ला अस्पताल पुग्न समस्या

Read Next

मन्त्रिपरिषद् निर्णय: नियुक्ति देखि धानको समर्थन मूल्य निर्धारणसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar