Nepal Purbadhar

एसियन हाइवे निर्माणले गति लिँदै

Asian Highway. Photo: Nepal Photo Library


काठमाडौ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यले अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ ।

काँकरभिट्टा लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत भन्दा बढी काम आयोजना जानकारी दिएको छ ।

Asian Highway. Photo: Nepal Photo Library

पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किमि सडक दमकस्थित रहेको कार्यालयले र सीतापुरबाट इटहरी पश्चिम पचरूखीसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।

Asian Highway. Photo: Nepal Photo Library

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा १९ माघ २०८० देखि सडक निर्माण कार्य सुरूभएको हो । यो आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

Asian Highway. Photo: Nepal Photo Library

सडक क्षेत्रभित्र साना र ठूला गरी जम्मा ४८ वटा पुल, १० वटा ओभर पास बन्नेछन् । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् भने एक सय ४० वटा बक्स कल्वर्टमध्ये ९२ वटा निर्माण भइरहेको छ ।

तस्बिर : प्रकाश चन्द तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

Asian Highway. Photo: Nepal Photo Library
Asian Highway. Photo: Nepal Photo Library

Read Previous

बागबजारस्थित टुकुचामा काठमाडौं महानगरपालिकाले थाल्यो सिंगल सेल बक्स कल्भट निर्माण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar