Nepal Purbadhar

सबैभन्दा धेरै बक्यौता रहेको जगदम्बा स्टीलले तिर्‍यो पहिलो किस्ताबापत ५ करोड ७२ लाख, जोडियो लाइन


काठमाडौं । जगदम्बा स्टीलले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेबापत पहिलो किस्ता तिरेको छ ।

कम्पनीले ५ करोड ७२ लाख ८६ हजार रुपैयाँ तिरेको हो । बक्यौताको पहिलो किस्ता तिरेसंगै उद्योगमा नेपाल विद्युत प्राधिकरणले लाइन जोडेको छ ।

यो उद्योगको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । यो सबैभन्दा धेरै बक्यौता हो ।

धमाधम उद्योगीहरुले बक्यौता तिर्न थालेको प्राधिकरणले जनाएको छ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवाद समाधानतर्फ गएको छ । उद्योगीहरु बक्यौताको पहिलो किस्ता तिर्न तयार भएपछि विवाद समाधानतर्फ गएको हो । विवादित रकमको रुपमा उद्योगीहरुले पहिलो किस्ता तिरेका हुन । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मध्यमार्गी बाटो निकालिएको हो । जसमा पहिलो किस्ता तिर्ने भएपछि प्राधिकरण लाइन जोड्न तयार भएको हो ।

प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा भएको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मध्यमार्गी प्रस्ताव ल्याएका थिए । जसमा सबै सहमत भएका हुन् ।

छलफलमा भएको प्रस्ताव अनुसार उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले यसअघि रकम बुझाउने गरि दिएको सुविधा २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभइ विवादित रकम मानि धरौटिका रुपमा बुझाएपछि काटिएको विद्युतको लाइन तुरुन्त जोड्ने सहमति भएको थियो ।

डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेवापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले २५ वटा उद्योगको लाइन काटेको थियो । अझै ४ उद्योगमा लाइन काटिएको छ । बाँकी उद्योगले बक्यौता तिर्न थालेसंगै लाइन जोडिएको छ ।


Read Previous

घोराही सिमेन्टले तिर्यो पहिलो किस्ताबापत १ करोड ८१ लाख, जोडियो लाइन

Read Next

वडा ११ को सेवा अब नवनिर्मित भवनबाट कार्यालय भवन उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar