
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी मनोज सिलवालले पाएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई मन्त्रालय तानिएको छ।
को हुन् सिलवाल?
सिलवाल नेपाल विद्युत प्राधिकरणबाट रिटार्यड उपकार्यकारी निर्देशक हुन् ।
उनले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा वितरण तथा ग्राहक सेवा निर्देशनालय सम्हालेका थिए । यो निर्देशनालयलाई प्राधिकरणको ‘ब्याक बोन’ मानिन्छ । यो निर्देशनालयले राम्रो काम गर्यो भने मात्रै प्राधिकरणको कार्यकारी सफल हुन्छ । यसले काम गर्न सकेन भने प्राधिकरणको कार्यकारी असफल हुन्छ ।
उनै सिलवालले लगनका साथ काम गरेका कारण घिसिङ सफल भएका थिए । जनतामा वाहावही पाएका हुन् । अर्थात घिसिङलाई सफल बनाउन उनको महत्वपूर्ण भुमिका छ ।
लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने,कम बोल्ने सिलवाल निर्णय क्षमतामा अब्बल छन् । पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउन सिलवाल घिसिङसंगै उभिएका थिए । कुलमानसंगै उभिएका कारण सिलवाल राजनीतिक नेतृत्वदेखि व्यापारीसम्मको निशानामा परेका थिए ।
जस्तो सुकै निशानाको पनि सामना गरेर उनी घिसिङको साथ उभिए । उपकार्यकारी निर्देशकहरु समेतसंगै उभिएका कारण घिसिङले तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारसंगै बक्यौता उठाएर छाड्ने अडान लिएका थिए । घिसिङलाई सधै भरी साथ दिए थिए ।