Nepal Purbadhar

त्रिवि क्रिकेट ग्राउन्ड, प्याराफिट निर्माण अन्तिम चरणमा फ्लडलाइट जडानको काम बाँकी


काठमाडौं । कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदानको प्याराफिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फाल्गुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माणको थालनी गरेका थिए ।

४३ करोड ७७ लाखमा ठेक्का लिएको सो निर्माण कम्पनीका प्रतिनिधि प्रेम पौडेलका अनुसार निर्माण कार्य ९५ देखि करिब करिब १०० प्रतिशत नै सकिएको र अब सरसफाई, रेलिङ फिटिंग जस्ता काम मात्र बाँकी रहेको जानकारी दिए ।

१० हजार दर्शक क्षमताको सो मैदान पूर्वी र पश्चिम खण्ड गरी दुई खण्डमा रहेको र पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले जनाए ।

फ्लडलाइड जडान का लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले छ वटा लाइटका लागि सबै पोलहरु ल्याई सकेको र केही दिन जडानको काम सुरु गरिने जनाएको छ ।

तस्बिर : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी ।

Facebook Comments

Read Previous

नाडा अटो शोमा सिप्रदी ट्रेडिङले गर्‍यो एक्स्प्रेस-टि ईभी फ्लिट पार्टनरलाई सम्मान

Read Next

पोखरा र ठमेलमा चार तारे होटल सञ्चालन गर्ने होटल बाराहीले एक वर्षमा गर्‍यो ६५ करोडको कारोबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar