Nepal Purbadhar

रवि लामिछाने भेट्न नख्खु पुगे प्रचण्ड, भने- उहाँ दुब्लाउनु भएको छ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापित रवि लामिछानेलाई भेटेका छन् ।

बुधबार नख्खु कारागारमा प्रचण्डले लामिछानेलाई भेटेका हुन् । लामिछानेसँग भेटेपश्चात प्रचण्डले उनलाई दुब्लाएको बताएका छन् ।

भेटपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले लामिछाने भैरहवामा रहँदा नाजुक हुन खोजेको र अनुहारमा नै कमजोर भएको देखिएको बताएका हुन् । साथै उनले लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खु कारागारमा व्यवस्थापन राम्रो भएको पनि जिकिर गरेको बताए ।

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका लामिछानेलाई गत शनिबार भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो ।


Read Previous

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्‍यो विशेष थ्री एक्स अफर

Read Next

टिकटकमा अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’को आधिकारिक एकाउन्ट

Nepal Purbadhar