
काठमाडौं । सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने सडक अवरुद्ध बनेको छ ।
पाँचपोखरी थाङपाल-६ मा पर्ने गाइपाले भन्ने स्थानमा सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । विहान करिब ९:४० बजे माथितिरबाट पहिरो झर्दा यो सडक अवरुद्ध बनेको हो ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइन सडक हो यो । यहाँबाट गाउँपालिकाका मानिसहरु काठमाडौं आवातजावत गर्ने र अत्यावश्य सामनहरु लैजाने गर्छन् ।
सडक पूर्ण रुपमा अवरुद्ध बन्दा स्थानीयको जनजीवन प्रभावित भएको छ ।