
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले संघीय ऐन वाधक बनेको भन्दै सत्याग्रहको घोषणा गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका छन् |

उनले सिंहदरबारको दक्षिण गेट अगाडि केश मुन्डन गर्ने भनि पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएर उनलाई माइतीघरमा छाडेपछि उनले त्यहाँ नै सत्याग्रह सुरु गरेका हुन् ।

यस्ता छन् उनले राखेका सात बुँदे मागहरु