Nepal Purbadhar

सरकारले २०० नयाँ झोलुङ्गे पुल बनाउने, ६० वटा स्थानीय तहका प्रशासकीय भवन बनाउने


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष थप २०० नयाँ झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

शहरी विकास मन्त्रालयमार्फत २०० झोलुङगे पुल निर्माण गर्न लागेको हो । मन्त्रालयले आगामी वर्ष १०० झोलुङ्गे पुल मर्मत गर्ने योजना बनाएको छ । मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ४० वटा नयाँ सडक पुल निर्माण गर्न लागेको जानकारी दिएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार ३० वटा सडक पुल मर्मत हुनेछन् । २४९ वटा सिंचाई आयोजना सम्पन्न भई ३७०० हेक्टर जमिन सिञ्चित हुनेछ ।  १०० किमी सडक निर्माण र ३०० किमी सडक कालोपत्र हुनेछ ।

६० वटा स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य लिएको छ ।  


Read Previous

अशोक स्टिलको व्यापार घट्यो, एक वर्षमा ३ अर्ब ५८ करोडको व्यापार 

Read Next

सभामुख र प्रधानन्यायधिशका लागि सरकारले आवास गृह बनाइदिने