
काठमाडौं । चालु आर्थिक वर्षमा देशको आर्थिक बृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक बृद्धि दर ४.६१ प्रतिशत रहने कायम भएको छ । सर्वेक्षणमा कृषि विद्युत तथा ग्यास, यातायात तथा भण्डारण लगायतका क्षेत्रमा भएको बृद्धिका कारण चालु आव नेपालको आर्थिक बृद्धि दर ४.६१ प्रतिशत रहने अनुमान गरिएको उल्लेख छ ।
गत वर्ष यो बृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।
त्यस्तै अर्थतन्त्रको आकार रु ६१ खर्ब ६ अर्ब पुग्ने अनुमान रहेको सर्वेक्षणमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ५.५१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको सबैभन्दा कम ३.३२ प्रतिशत रहने अनुमान छ। यस अवधिमा कोशी प्रदेशको ३.३६ प्रतिशत, मधेश प्रदेशको ४.५० प्रतिशत, बागमती प्रदेशको ५.१८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.७० प्रतिशत र कर्णाली प्रदेशको ४.७४ प्रतिशत रहने अनुमान छ।
आर्थिक-सर्वेक्षण