
काठमाडौं । प्रतिनिधसभाको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
पूर्वनिर्धारित समय ११ बजे सुरु हुन नसकेर दिउँसो १ बजे सुरु भएको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै प्रतिपक्षका नेताहरुले उठेर विरोध गरेपछि पुन स्थगित भएको हो ।
प्रतिपक्षी दलका नेताहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै मंगलबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएसँगै उनको राजीनामाको माग गर्दै प्रतिपक्षी दलका नेताहरुले आवाज उठाईरहेका छन् ।