Nepal Purbadhar

मन्त्रीपरिषद्को बैठक आज साँझ बालुवाटारमा बस्ने, गभर्नर नियुक्ति गरिने


काठमाडौं । आज साँझ ५ बजेलाई मन्त्रीपरिषद्को बैठक आह्वान भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेका लागि बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बोलाएको हुन् । 

सोमबार बस्ने भनिएको मन्त्रीपरिषद्को बैठक स्थगित भएको थियो । मंगलबारको बैठकबाट भने राष्ट्र बैंकमा रिक्त रहेको गभर्नर पदमा डा. विश्व पौडेललाई नियुक्ती गर्ने तयारी रहेको स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीले मन्त्री परिषद्को बैठक बोलाउनुअघि ओली र सत्ता साझेदार दल कांग्रेका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । दुई नेताबीच गभर्नर नियुक्तीको विषयमा छलफल भएको र डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने विषयमा सहमति पनि भएको छ । 

त्यसको केही समयमै गभर्नर सिफारिस समितिको बैठकसमेत आजै बोलाइएको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सदस्य छन्।


Read Previous

जल तथा  ऊर्जा आयोगका सचिव भेटुवाल रिटार्यड

Read Next

सम्राट सिमेन्टको व्यापारमा भारी गिरावट