
काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको निरीक्षण गरेका छन्। संसद् सचिवालयका कर्मचारीहरुसहित उनी निरीक्षणमा पुगेका हुन्।
गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यसक्रममा उनले हल कुन दिन तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए। नभए हरेक दिन एक करोड जरिवाना तिराउने चेतावनी दिए। सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए। उनले भने- रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्याउनुपरो नि। बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला। यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो। अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिन।
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी




