Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विद्युत प्राधिकरणले टिओडी मिटरको डाटासहितको प्रमाण लेखा समितिमा पेश गर्याे


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा उपयाेग गरेका उद्योगहरूकाे टिओडी मिटरको डाटासहितको प्रमाण संसदकाे सार्वजनिक लेखा समितिमा पेश गरेकाे छ । प्राधिकरणाले बिहीबार साँझ डेडिकेटेड फिडर र ट्रंक लाइनसँग सम्बन्धित सम्पूर्ण विवरण सहितकाे प्रमाण लेखा समितिलाई बुझाएकाे हाे ।

प्राधिकरणले टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, अदालतबाट भएकाे फैसलाकाे विवरण पेश गरेकाे समितिका सचिव एकराम गिरीले बताए । उनका अनुसार अब समितिले प्राधिकरणबाट प्राप्त सम्पूर्ण विवरणकाे अध्ययन गर्नेछ ।

यता प्राधिकरणले पनि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत सेवा उपयाेग गरेका ६१ उद्याेगकाे सूची तथा एम-पावर लेजर समेटिएकाे एउटा, प्राधिकरणका तत्कालिन सञ्चालक मनाेज मिश्र र भक्तबहादुर पुनले तयार पारेकाे प्रतिवेदनकाे एक प्रति, टिओडी मिटर लाउनलाेडकाे एक पाेका समितिमा पेश गरेकाे जनाएकाे छ ।

यस्तै, लाेड प्राेफाइल सहितकाे टिओडी मिटर डाटा लाउनलाेडकाे ३ पाेका, लगसिट २२ पाेका, अदालतबाट भएकाे फैसलाकाे एक पाेका र २०७२ माघदेखि २०७५ बैशाखसम्मकाे बक्याैता महसुल सम्बन्धि बिल तथा विवरण पेश गरेकाे पनि प्राधिकरणाले जनाएकाे छ ।

प्राधिकरणले पेश गरेकाे सम्पूर्ण विवरणसहितकाे प्रमाण  ७० हजार पेजको हाराहारीमा बुझिएकाे छ । गत शुक्रबारकाे समितिकाे बैठकले प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो।


Read Previous

आचार्य र पुनलाई हटाउन गरिएकाे निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

Read Next

प्राधिकरणले म नेतृत्वमा आएपछि ८२ अर्ब नाफा कमायाे: कुलमान (प्रेस बक्तव्यकाे पूर्ण पाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *