Nepal Purbadhar

भूकम्पमा भत्केका सम्पदा पुनःनिर्माण गर्दै ललितपुर महानगर


ललितपुर । भूकम्पबाट भत्केका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनःनिर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ । भूकम्पमा क्षति भएका पुनःनिर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ गरिएकाे हाे ।

अहिले धमाधम भूकम्पले क्षतिग्रस्त सम्पदाकाे मर्मतसम्भार र पुनःस्थापनाकाे काम भइरहेकाे ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले बताए ।

त्यसैगरी, ललितपुर महानगरपालिका वडा नं २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रेभत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए ।

महानगर क्षेत्रभित्रका ४ सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ । ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गर्नुभएका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माण भएका छन् ।


Read Previous

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति   

Read Next

‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र