Nepal Purbadhar

वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन


चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा निर्माण भएकाे झोलुङ्गे पुल सञ्चालन भएकाे छ । इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोड्ने पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएकाे हाे ।

बहत्तर मिटर लामो याे पुल गाउँपालिका र दातृ संस्थाको लगानीमा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । उनले पुल निर्माणपश्चात् स्थानीयलाई अब बाह्रै महिना आवतजावत गर्न सजिलो भएकाे बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ । “पुल निर्माणपछि स्वास्थ्य उपचार गर्न समेत स्थानीयलाई सहज भएको छ ,”उनले भने । पुल निर्माणपछि चितवन मात्र नभई धादिङका नागरिकलाई समेत सहज भएको छ ।

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए । “तिपाङभन्दा माथि पनि साना–साना बस्ती छन्”, उनले भने, “यहाँको चेपाङ समुदायलाई बर्खामा चार महिना आवतजावत गर्न सकस हुने गरेको थियो, अब बाह्रै महिना निर्धक्क हिडडुल गर्न सजिलो हुनेछ ।”

२०७८ मा याे पुल निर्माण कार्य थालिएको हो । याे ठाउँमा बिजुली र बाटोघाटोको समस्या छ । स्थानीय राजेशले चेपाङ पुल निर्माणपछि बाटो छोटिएको र आवतजावतमा सहज भएको बताए ।

थाप्राङ माइत भएकी सुनिता चेपाङले पुल नहँुदा हिउँदमा मात्र माइत आउनुपर्ने बाध्यता रहेको भन्दै अब चाहेको समयमा माइत आउन पाइने बताइन् । करिब ३३ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो ।

Facebook Comments

Read Previous

मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन

Read Next

पर्यटकको रोजाइमा सिराहाकाे हात्तीदह सिमसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar