Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

मुग्लिन-पोखरा सडक विस्तार : ठेक्का सम्झाैताकाे म्याद सकियो, काम सकिएन   


तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको ठेक्का सम्झौताकाे म्याद सकिएको छ । २०८१ साल बैशाख २ गते आयोजनाकाे पूर्वी खण्डकाे ठेक्का सम्झौताकाे म्याद सकिएको हाे ।

ठेकेदार कम्पनीले काम सम्पन्न नगरेका कारण अहिले म्याद थपको प्रक्रिया अघि बढाइएको छ । कोभिडका समयमा निर्माणकार्य स्थगित गर्नुपरेकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्न लागिएको आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

२०७८ बैशाख महिनादेखि निर्माण सुरु गरिएको थियो । कोरोनाका कारण काम गर्न नपाएका योजनाका म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णयअनुरुप म्याद थप्न लागेको उनले बताए । याे खण्डमा हालसम्म १८ किलाेमिटर ४ लेन र ९ किलाेमिटर २ लेन सडक कालोपत्र भएको छ । उनका अनुसार हालसम्म पूर्वी खण्डमा ५६ प्रतिशत कार्य प्रगति भएको छ ।

पूर्वी खण्डको अन्तिम विन्दु तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र अघि बढाइएको छ । अहिले कालोपत्र कार्यलाई प्राथामिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजना पूरै सम्पन्न गर्न एक वर्ष अवधि थप गर्नुपर्ने आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए  । उनका अनुसार नेपाल सरकार, लगानीकर्ता र कन्ट्र्याक्टबीच त्रिपक्षीय छलफल भइरहेको छ ।

पूर्वी खण्डमा ४१.७ किलोमिटर  लामाे छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो । उक्त खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

त्यसैगरी, पश्चिम खण्डमा दुई लेनको ७.५ किलाेमिटर सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई तीव्रता दिइएको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार उक्त खण्डमा भौतिक प्रगति २० प्रतिशत पुगेको छ ।

पश्चिम खण्ड अन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरीकाे छ । उक्त खण्डको ठेक्का चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले पाएको थियो ।

यस खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।


Read Previous

११ करोड लागतकाे लिफ्ट सिँचाइ योजना अलपत्र   

Read Next

वंग्याङ खोलामा थाप्राङ–तिपाङ जोड्न निर्माण भएकाे पुल सञ्चालन   

Leave a Reply

Your email address will not be published.