Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र


कैलाली । मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन २ वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको कमजाेर कार्यसम्पादनका कारण गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो ।

सुनिखोलामा ३ करोड ७७ लाख रुपैयाँ लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी ८ महिना समयावधी थपिएपनि कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।

थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए । याे पुल निर्माणको काम करिब ६५ प्रतिशत मात्र भएको छ ।

गोदावरी नगरपालिकाकै मनहरा खोलामा ९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ । उच्चकोटी- समिदेव-राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ ।

महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर चन्दले बताए ।  मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो । नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।

यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ । इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी १३ करोड ३६ लाख रुपैयाँमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।

केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।


Read Previous

कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

Read Next

इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

Leave a Reply

Your email address will not be published.