Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

मुग्लिन-पोखरा सडक विस्तार: पहिरा जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने   


तनहुँ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा पहिरो खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने भएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ ।

उक्त खण्डको करिब ६ ठाउँमा वर्षाअघि कालोपत्र नगरिने मुग्लिन–पोखरा सडक विस्तार आयोजना पूर्वी खण्ड प्रमुख श्यामकुमार यादवले जानकारी दिए । “पूर्वी खण्डको अन्तिम विन्दुबाट म्याग्देको जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको छ,” उनले भने, “उक्त स्थानमा करिब तीन किलोमिटर कालोपत्र गरिसकिएको छ ।”

उनका अनुसार एकतर्फी २८ किमी र दुईतर्फी करिब १५ किमी कालोपत्र भइसकेको छ । कालोपत्र कार्यलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको छ । यस खण्डको हालसम्म करिब ५५ प्रतिशत कार्य प्रगति भएको छ । अहिले वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक विस्तारको कार्य भइरहेको छ ।

दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । पूर्वी खण्डमा ४१.७  किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको अन्तिम म्याद २०८१ बैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएकाले नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । पृथ्वी राजमार्ग सडक विस्तार कार्य पूर्वी र पश्चिम गरी २ खण्डमा भइरहेको छ ।

पश्चिम खण्डअन्तर्गत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

उक्त सडक खण्डको हालसम्म करिब १९ प्रतिशत प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । उनका अनुसार वर्षाअघि कल्भर्ट र नाला निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । यस खण्डमा दुई लेनको साढे ७ किलाेमिटर सडक कालोपत्र भइसकेको छ ।


Read Previous

सहज छैन जलविद्युत र सौर्य ऊर्जाको कार्बन व्यापार

Read Next

३ चरणमा लिफ्टिङ गरी तनहुँको मानुङकोटमा खानेपानी पुर्‍याइँदै   

Leave a Reply

Your email address will not be published. Required fields are marked *