Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने


काठमाडौं । कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको विद्युत महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो ।

नेपाल विद्युत प्राधिकरणको तौलिहवा वितरण केन्द्र र नगरपालिकाबीच आइतबार ६० किस्तामा अहिलेसम्मको सबै विद्युत बक्यौता तिर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार वितरण केन्द्रले नगरपालिकालाई सम्पूर्ण विद्युत महसुल बक्यौता तिर्न ६० किस्ताको सुविधा दिनेछ ।

आगामी बैशाख ७ गतेभित्र नगरपालिकाले मोडालिटी तयार गरी पहिलो किस्ता बैशाखबाटै तिर्न सुरु गर्ने सहमति बनेको वितरण केन्द्र प्रमुख गौरव पाण्डेले बताए । ‘नगरपालिकाले सडक बत्ती जडान गरेदेखिकै विद्युत महसुल तिरेको थिएन,’ उनले भने, ‘हामीले ३ महिनादेखि निरन्तररूपमा ताकेता गरेपछि नगरपालिका अहिलेसम्मको सबै बक्यौता तिर्न सहमत भएको छ ।’

उनले नयाँ बिलको महसुल भने चैत महिनाबाटै नियमितरूपमा उठाउन सुरु गर्ने सहमति बनेको बताए । नगरपालिकाले २०६५ सालदेखि सडक बत्ती बाल्दै आएको भए पनि अहिलेसम्म विद्युत महसुल तिरेको थिएन । १५ वर्षदेखिको बाँकी बक्यौता बढेर ४ करोड ९७ लाख ९८ हजार ६ सय २६ रुपैयाँ पुगेपछि बल्ल तिर्ने सहमति बनेको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयकाे निरन्तरकाे आह्वान र ताकेता तथा वितरण केन्द्रकाे निरन्तरकाे अनुरोधपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालकाे समन्वय र नगरपालिकाका मेयर सुदिप पौडेलको सहयोगमा सडक बत्तीकाे विद्युत महसुल बक्यौता उठाउने प्रक्रिया निश्कर्षमा पुगेकाे पाण्डेले बताए ।

नगरपालिका क्षेत्रमा प्राधिकरणको वितरण प्रणालीबाट चलेका ६ हजार ७ सय ७० सडक बत्ती छन् । यी मध्ये अधिकांश बत्ती २४ घन्टा नै बलिरहने गरेकाले तिनको पनि अब नियमन गर्ने उनले बताए ।

नगरपालिका क्षेत्रभित्र बालिएका सडक बत्तीको मिटर नहुँदा विद्युत प्राधिकरणलाई महसुल उठाउन समस्या थियो । अब पहिलो चरणमा प्राधिकरणले नै सडक बत्तीका लागि २१० वटा पोलमा तार तानेर मिटर राख्ने सहमति पनि नगरपालिकासँग बनेको वितरण केन्द्रले जनाएको छ ।

कपिलवस्तु जस्तै देशका अधिकांश स्थानीय तहले नियमितरूपमा सडक बत्तीको विद्युत महसुल तिरेका छैनन् । प्राधिकरणले पछिल्लाे समय वर्षाैंदेखिकाे विद्युत बक्याैता उठाउन ताकेता गर्दै आएकाे छ ।


Read Previous

बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई कर छुट, ब्याज पुँजीकरण र पुनर्कर्जाको सुविधा दिन अर्थ समितिको निर्देशन

Read Next

डिप बोरिङमार्फत पर्वतका २ विकट बस्तीमा खानेपानी सुविधा   

Leave a Reply

Your email address will not be published.