Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

लाइन काटेकाे २ सातापछि कुस्मा नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता   


काठमाडाैं । पर्वतकाे कुस्मा नगरपालिकाले लाइन काटिएकाे २ सातापछि सडक बत्तीकाे विद्युत महसुल बक्याैता तिरेकाे छ । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रमा लामाे समयदेखिकाे बाँकी विद्युत बक्याैता तिरेकाे हाे ।

नगरपालिकाले  विद्युतकाे बाँकी बक्यौता बापत तिर्न बाँकी ७४ कराेड रुपैयाँमध्ये ५० लाख भुक्तानी गरेको वितरण केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेकाे तर, लाइन काटिएकाे २ सातापछि बल्ल तिर्न आएकाे बताए ।

उनले पहिलाे चरणमा ५० लाख रुपैयाँ भुक्तानी भएकाे र अझै २४ लाख रुपैयाँ तिर्न बाँकी रहेकाे बताए । उनले याे रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको बताए ।

वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै गत चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो । नगरपालिका र विद्युत् प्राधिकरणबीच ४ वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।

बक्याैता भुक्तानीपछि हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको वितरण केन्द्रले जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए । नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनकाे भनाइ छ ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए ।  बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिए ।

सडक बत्तीको लाइन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन् । रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन् ।

प्राधिकरणको पर्वत वितरण केन्द्रका लेखाप्रमुख शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको बताए । नगरपालिका, सरकारी कार्यालय, सामुदायिक संघ संस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियान नै सञ्चालन गरिएको उनकाे भनाइ छ ।


Read Previous

महाकाली सिँचाइ आयोजनाः असारसम्म २ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य   

Read Next

हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   

Leave a Reply

Your email address will not be published.