Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

महाकाली सिँचाइ आयोजनाः असारसम्म २ हजार हेक्टर भूमिमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य   


महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत अबकाे साढे २ महिनामा २ हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यस आयोजनाको तेस्रो चरण अन्तर्गत हाल मूल नहरसँगै शाखा नहर निर्माण भइरहेको हाे ।

हालसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भइसकेको तेस्रो चरण आयोजनाका सिनियर डिभिजलन इन्जिनियर  उमेश गुप्ताले जानकारी दिए । मूल नहर निर्माणको काम २०६४ सालदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका-९ ब्रह्मदेवबाट सुरु भएको हो ।

कञ्चनपुरसँगै कैलालीको मालाखेतीसम्म गरी कूल ३३ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य साथ आयोजना निर्माण सुरु गरिएको हो । “कूल २८ किलोमिटरदेखि मालाखेतीसम्म निर्माणका लागि पाँच वटा प्याकेजमा ठेक्का भइसकेको छ”, उनले भने, “ठेक्का भएकामध्ये केहीले काम सुरु गरिसके बाँकी सुरुआतको तरखरमा छन् ।”

कूल २८ देखि ४८ सम्मको २० किलोमिटर मूलनहर निर्माणसँगै २ हजार ९ सय मिटरको कृष्णपुरको गुलरिया नहर र ४ किलोमिटर मालाखेतीको नहरसमेत निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

“शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि मालाखेतीसम्म मूल नहर र अन्य नगर गरी २ अर्ब ५० करोड रुपैयाँ  बजेटको प्याकेज हो”, गुप्ताले भने, “यता मूल नहर निर्माण भएका क्षेत्रमा दुई वटा शाखा नहर निर्माण भइसकेका छन् ।”

डेढ दशकअघि सुरु भएको आयोजनाको २०७५ सालमा आइपुग्दा १२ किलोमिटर मूल नहर निर्माण भएको थियो । राष्ट्रिय गौरवको प्राथमिकतामा परेपछि मात्रै आयोजनाले गति लिएको हो ।


Read Previous

म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियाे

Read Next

लाइन काटेकाे २ सातापछि कुस्मा नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता   

Leave a Reply

Your email address will not be published.