Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

हुलाकी राजमार्गको वीरगञ्ज मातहत १८१ किलोमिटर सडक तयार   


पर्सा । हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको  १८१ किलोमिटर सडक कालोपत्र गरिएको छ । कार्यालय मातहत २ खण्डमा कूल २२९.७ किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए । “निकुञ्ज क्षेत्रमा सडक विस्तारको कार्य अघि बढाउन समस्या भइरहेको छ”, उनले भने, “अन्य स्थानमा भने सडक निर्माणले गति लिइरहेको छ ।”

कार्यालय मातहत २२९.७ किलोमिटर सडक पर्दछ । त्यसमा पूर्व–पश्चिम खण्डमा १५३ किलोमिटर र उत्तर–दक्षिण खण्डमा ७६.७ किलोमिटर सडक पर्दछ । कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा एक सय ८१.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । पूर्वपश्चिम खण्डमा १०९ किलोमिटर र उत्तर–दक्षिण खण्डमा ७२.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने बताए ।

“सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाहरुको म्याद थपको प्रावधान विगतको तुलनामा अहिले केही खुकुलो पारिएको छ, यदि आयोजनाहरुको म्याद थप भएको खण्डमा सडक निर्माणको कामले गति लिने आशा गरेका छौँ”, उनले भने, “उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि वीरगञ्जमा आएको सन्दर्भमा बजेट अभाव नहुने भन्दै प्रतिबद्धता पनि जनाउनुभएकाले पनि पूर्वाधार निर्माणमा सहज वातावरण बन्ने अपेक्षा लिएका छौँ ।”

हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व–पश्चिमको एक सय ५३ किलोमिटर सडकमध्ये हालसम्म १०९ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए । “यो खण्डमा पर्ने पर्साको ठोरीदेखि चितवनको माडीसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने १५ किलोमिटर सडक कालोपत्र गर्न सकेका छैनौँ”, उनले भने ।


Read Previous

लाइन काटेकाे २ सातापछि कुस्मा नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता   

Read Next

‘हिमालयन हाइड्रो एक्स्पोको मुख्य आकर्षण ग्रीन हाइड्रोजन हुनेछ’

Leave a Reply

Your email address will not be published.