Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

बढ्याे पेट्राेल, डिजेल र ग्यासकाे मूल्य


काठमाडौ‌ं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले राति १ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको हो ।

भारतबाट याे पटक पेट्राेलियम पदार्थकाे मूल्य बढेर आएकाले बढाएर मूल्य समायाेजन गर्नु परेकाे निगमले जनाएकाे छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ  बढेकाे छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएकाे छ ।

यस्तै, खाना पकाउने एलपी ग्यासमा पनि प्रतिसिलिन्डर १५ रुपैयाँ मूल्य बढेकाे निगमले जनाएकाे छ । बढेकाे मूल्य अनुसार अब पेट्राेल प्रतिलिटर १७० रुपैयाँ पुगेकाे छ ।

यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ  र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ । निगमले हरेक १५ दिनमा भारतबाट आउने मूल्य सूचीका आधारमा देशभित्र पनि पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गर्ने गरेकाे छ ।


Read Previous

सौराहा आउने पर्यटकका रोजाइमा ढुङ्ग्रेखोलामा डुङ्गा शयर   

Read Next

१३६ वर्ष पुरानो झोलुङ्गे पुल पुनःनिर्माण   

Leave a Reply

Your email address will not be published.