Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

नारायणगढ-मुग्लिन सडक आइतबार र साेमबार दिउँसो खुल्ला रहने  


भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार र साेमबार दिउँसो यातायात सेवा खुल्ला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै २ दिन दिउँसो यातायात सेवा खुल्ला राख्न लागिएकाे हाे ।

२ दिन यातायात यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।

गत साल कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्न काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो ।

आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको र बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको थियो ।


Read Previous

बागलुङमा १५ प्रतिशत भूमिमा मात्रै सिँचाइ सुविधा   

Read Next

१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर

Leave a Reply

Your email address will not be published.