Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

१८ बाणिज्य बैंकहरूले घटाए माघ महिनाको निक्षेपको ब्याजदर


काठमाडौं । बाणिज्य बैंकहरूले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा पनि निक्षेपभन्दा कर्जाको माग न्यून भएपछि माघ महिनाका लागि ब्याजदर घटाएका छन् । अधिकांश बाणिज्य बैंकहरूले अधिक तरलता हुँदा समेत कर्जाको माग तत्काल बढ्ने अवस्था नदेखेपछि निक्षेपको ब्याजदर घटाएर समायोजन गरेका हुन् ।

अहिले सञ्चालनमा रहेका २० मध्ये १८ वटा वाणिज्य बैंकको माघ महिनाको व्यक्तिगत मुद्दती खातामा राखिने निक्षेपको ब्याजदर घटाइएको छ । सबैभन्दा कम सिटिजन्स बैंकको ब्याजदर घटेको छ । पुस महिनामा ९.३५ प्रतिशत रहेको ब्याजदर माघ महिनाका लागि ९.१५ प्रतिशत कायम गरिएको छ । सबै बाणिज्य बैंककोभन्दा निक्षेपकर्ताका लागि दिइएको यो बढी ब्याजदर हो ।

कृषि विकास बैंकले ९.०१२ प्रतिशत रहेको ब्याजदर घटाएर ७.२६ प्रतिशतमा झारेको छ । यो सबै बाणिज्य बैंक मध्ये निक्षेपकर्तालाई दिइएको सबैभन्दा कम ब्याजदर हो ।

नेपाल बैंक लिमिटेडले पुस महिनामा ८.५५६ प्रतिशत रहेको ब्याजदर घटाएर ८ प्रतिशतमा ल्याएको छ । लक्ष्मी सनराइज र माछापुच्छ«े बैंकले पनि ९ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ८ प्रतिशत कायम गरेका छन् ।

यस्तै, एनआइसी एसियाले ८.६७ बाट ८.०६५ प्रतिशत, प्रभुले ९ बाट ८.०६५ प्रतिशत, स्टान्डर्ड चार्टडले ८.६५बाट ८.०७ प्रतिशत, राष्ट्रिय बाणिज्य बैंकले ८.६१ बाट ८.०७ प्रतिशत, नबिलले ८.८.६ बाट ८.१ प्रतिशत, ग्लोबल आइएमईले ८.६ बाट ८.१ प्रतिशत र सिद्धार्थले ९.२५ बाट ८.१ प्रतिशतमा ब्याजदर झारेका छन् ।

यसैगरी, प्राइम कमर्सियलले १० बाट ८.१ प्रतिशत, कुमारीले ९.३१ बाट ८.११ प्रतिशत, सानिमाले ९ बाट ८.१५ प्रतिशत, हिमालयनले ८.६०३ बाट ८.१५ प्रतिशत, नेपाल एसबिआइले ९.६ बाट ८.२५ प्रतिशत, नेपाल इनभेष्टमेन्टले ९.५ बाट ८.६ प्रतिशतमा घटाएर ब्याजदर समायोजन गरेका छन् ।

एनएमबी बैंक र एभरेष्ट बैंकले पुस महिनाको ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिने भएका छन् । एनएमबीको पुस महिनाको ब्याजदर ९ प्रतिशत रहेकोमा त्यसैलाई कायम गरिएको छ भने एभरेष्ट बैंकको पुसमा निक्षेपको ब्याजदर ८ प्रतिशत रहेकोमा माघ महिनामा यही तरलाई निरन्तरता दिइएको छ ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत मुद्दती खाताको निक्षेपको ब्याजदरको अधिकतम सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत भन्दा बढी नहुने व्यवस्था गरेको छ । यही नियम अनुसार नै बचत र कल निक्षेपको ब्याजदर पनि समायोज हुने गर्दछ ।


Read Previous

नारायणगढ-मुग्लिन सडक आइतबार र साेमबार दिउँसो खुल्ला रहने  

Read Next

ग्लोबल आइएमई बैंकद्वारा काेशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Leave a Reply

Your email address will not be published.