Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

बबई लिफ्टिङका लागि पाइप विस्तार सुरु, ५ हजार ५ सय धारा थप हुने


तुलसीपुर (दाङ) । दाङको तुलसीपुरमा खानेपानी आपूर्तिका लागि निर्माण थालिएको बबई लिफ्टिङ आयोजनाअन्तर्गत पाइप बिछ्याउन थालिएको छ । आजदेखि पाइप विस्तार सुरु भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सीताराम शर्माले जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको उक्त पानीका लागि मुख्य लाइनको पाइप विस्तार सुरु भएको हो । त्यहाँबाट टरिगाउँ एयरपोर्टस्थित ट्याङ्की र तत्कालीन अञ्चाल प्रहरी कार्यालय नजिकको ट्याङ्कीमा पानी ल्याइनेछ । त्यसपछि अन्य सहायक ट्याङ्कीमा पानी वितरण हुने अध्यक्ष शर्माले बताए ।

पाइप विस्तार कार्यको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले शिलन्यास गरे । ट्याङ्की निर्माणकार्य अन्तिम चरणमा पुगिसकेकाले पाइप विस्तारको कार्यलाई अघि बढाइएको हो । सल्यानरोडस्थित खानेपानी कार्यालय परिसरमा रहेको ट्याङ्की र बबई नदीमा ट्याङ्की निर्माण भइसकेको छ भने मोतिपुर, कबर्डहल र एयरपोर्टको ट्याङ्की निर्माण भइरहेको छ ।

सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ३५ प्रतिशत पूरा भएको छ । ५६ करोड ८० लाख २४ हजार  छ सय ३० रुपैँयाको लागतमा बबई लिफ्टिङको काम अघि बढेको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको हो ।

सरकारले ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैँया लाग्छ । उपभोक्ताको तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको छ । नगर विकास समितिबाट रु १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैँया उपभोक्ताले तिरेका छन् ।

तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वतिर तीन वटा सम्पवेल (इनारजस्तै पानी सङ्कलन गर्ने प्रविधि) बन्नेछ । त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बन्नेछ । जहाँ ¥यापिड स्यान्ड फिल्टर दुई वटा शीतलपुरमा र मल्टिग्रेड प्रेसर फिल्टर ६ वटा निर्माण हुनेछन् । मल्टि ग्रेड फिल्टर जहाँ ट्याङ्की निर्माण हुन्छ, त्यही स्थानमा निर्माण हुनेछन् ।

त्यस्तै शीतलपुरमा आरभिटी कलेक्सन चेम्बर पाँच सय घनमिटर, इन्टर मिडियट आरभिटी टकी सङ्तनिरङकारी नेर तीन सय घनमिटर, प्रदेश प्रहरी कार्यालय नजिक इन्टर मिडियट आरभिटि तीन सय घन मिटर बन्नेछ ।

त्यस्तै चारवटा ओभरहेड ट्याङ्की निर्माण हुनेछन् । शिखर कोलेनीमा चार सय ५० घनमिटर, झुमरेमा चार सय ५० घनमिटर , मोतिपुरमा दुई सय २५ घनमिटर, इन्द्रनगरमा चार सय ५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण हुनेछन् । दुईवटा अन्डर ग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् । डुम्रिगाउँमा छ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् ।

त्यस्तै प्रशारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर हुनेछ भने पानी वितरण पाइप एक सय २५ दशमलव ७५२ किलोमिटर हुनेछ । साथै सातवटा सुरक्षागार्ड हाउस र १० वटा पम्प हाउस पनि निर्माण हुनेछन् । बबई लिफ्टिङबाट डिपबोरिङबाट प्रतिसेकेन्ड ६०/६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । त्यस्तै ६ वटा डिपबोरिङ निर्माण हुनेछन् ।

गोलौरा, सन्तनिरङ्कारी भवन नजिक, खानेपानी संस्थाको कार्यालय परिसर, सीप विकास कार्यालय नजिक, इन्द्रनगर र पहिलेको सङ्घीय प्रहरी कार्यालय गरी विभिन्न ६ स्थानमा डिपबोरिङ पनि निर्माण हुनेछन् । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन गरिनेछ ।

तुलसीपुर खानेपानीका अहिलेसम्म आठ हजार दुई सय २६ धारा रहेका छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा पाँच हजार पाँच सय धारा थप हुनेछन् । हाल तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठ वटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रिगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन् । त्यस्तै रानीजरुवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।


Read Previous

मल्लकालीन दरबारकाे पुनःनिर्माण सुरु   

Read Next

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा   

Leave a Reply

Your email address will not be published.