Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

चालू वर्षकाे पहिलो चौमासिकमा कामपाकाे ३ अर्ब  राजश्व उठ्याे


काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सकिँदा करिब ३ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि कात्तिक मसान्तसम्मकाे अवधिमा २ अर्ब ९२ करोड ९६ लाख नौ हजार राजस्व असुल गरेको हाे ।

याे राजश्व रकम गत आवको यही अवधिको तुलनामा १७ करोड रुपैयाँ बढी भएकाे कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार चालू आवको ४ महिनामा सबैभन्दा धेरै घरबहाल कर ८१ करोड ९२ लाख रुपैयाँ संकलन भएकाे छ । सम्पत्ति करबापत ४१ करोड ८६ लाख असुल भएको काफ्लेले बताए ।

कामपाले गत आवको पहिलो चौमासिकमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार राजस्व असुल गरेको थियाे । कामपाले चालू आवका लागि १० अर्ब ८० करोड रुपैयाँ राजस्व असुलको लक्ष्य लिएको छ ।

पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ । “गत वर्षभन्दा यस वर्ष सम्पत्ति करमा मात्रै छ सय ४८ करदाता बढेका छन् । बहाल करतर्फ पनि करदाता उल्लेख्य रूपमा बढेका छन्”, उनले भने, “पछिल्लो समय १ हजार ३ सय करदाता थपिएका छन् ।”

अहिले कामपामा ३ लाखभन्दा बढी करदाता रहेका काफ्लेले जानकारी दिए । राजस्व सङ्कलनको काम वडा कार्यालयबाटै हुन थालेसँगै पछिल्लो समय लामो समयदेखिको बक्यौता रकमसमेत उठ्न थालेको उनले बताए ।

कामपाले ३२ वटै वडा कार्यालयबाट राजस्व सङ्कलन गर्न थालेसँगै लामो समयदेखि असुलउपर हुन नसकेको बक्यौता रकम उठ्न थालेको काफ्लेको भनाइ छ । लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम जरिवानाको कारण तिर्न आनाकानी गरिरहेका करदाताका लागि आगामी पुस मसान्तसम्म जरिवाना रकममा छुट दिएकाले राजस्व सङ्लग्नमा थप सहज भएको छ ।

यसअघि राजस्व तिर्नका लागि वार्षिक तीन लाखसम्म सम्बन्धित वडा कार्यालय र त्यसभन्दा बढीका लागि कामपाको केन्द्रमा आउनुपर्ने व्यवस्था रहेको थियाे । हाल कामपाले सम्पत्ति, बहाल, मनोरञ्जन, व्यवसाय, विज्ञापन करलगायत नौ शीर्षकमा कर सङ्कलन गर्दै आएको छ ।


Read Previous

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार  

Read Next

रुख कटानकाे आदेश नआउँदा महाकाली करिडोरकाे डडेल्धुरा रुटकाे ट्र्याक खाेल्न ढिलाइ

Leave a Reply

Your email address will not be published.