Nepal Purbadhar

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024

सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङ


काठमाडाैं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ  सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवा वालेट, मास्टर कार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य विभिन्न सेवा पनि ल्याएको छ । साथै यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक इन पनि गर्न सक्नेछन् ।

एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सेवा सुरुआतका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए । उनले भने, ‘हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ ।

त्यसैले अनलाइन टिकटका लागि सरल, छिटोछरितो र अधिक सुविधाको आनन्द प्रयोगकर्तालाई हुनेगरीे इन्टरनेट बुकिङइञ्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।’ नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहजरुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ ।


Read Previous

एचआईडीसीएल अबकाे लक्ष्य ‘दिगो ऊर्जाका लागि वित्त’

Read Next

बेल्टारी र दर्पुक जोड्न नयाँ पुल बनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *