Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमका ग्राहकलाई डाटा र भ्वाइस प्याकमा अफरै अफर   


काठमाडाैं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आइतबारदेखि भ्वाइस र डाडा प्याकेजमा विभिन्न अफर दिएकाे हाे ।

यो अफर यही आजबाट सुरु भइ  बैशाख १९ गतेसम्म लागू हुने टेलिकमले जारी गरेकाे  विज्ञप्तिमार्फत उल्लेख छ ।  अपर अन्तर्गत टेलिकमका ग्राहकले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १ सय मिनेट अन नेट भ्वाइस सेवा प्राप्त गर्ने छन् ।

यसैगरी, ९८ रुपैयाँमा ३ दिन चलाउन मिल्ने ६ जिबी डाटा प्याकेज प्राप्त गर्न सकिनेछ । १ सय ९९ रुपैयाँ तिर्दा ७ दिन चलाउन सकिने १३ जिबी डाटा लिन सकिनेछ भने २ सय ९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा प्राप्त हुने टेलिकमले जनाएकाे छ ।

३ सय ९९ मा तिर्दा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज पनि अफरमा उपलब्ध छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।


Read Previous

ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 

Read Next

माथिल्लो मैलुङ ‘बी’लाई उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा

Leave a Reply

Your email address will not be published.