Nepal Purbadhar

ताँजकाेट गाउँपालिकामा पूर्ण विद्युतीकरण, १२ सय घरधुरीमा पुग्याे विद्युत पहुँच 


सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण भेगस्थित ताँजकोट गाउँपालिकाका १ हजार २  सय घरधुरी विद्युत पहुँचमा जाेडिएका छन् । लघु जलविद्युत  र सोलार मिनिग्रिट आयोजना निर्माण गरी स्थानीय क्षेत्रमा विद्युत विरतरण गरेपछि यसअघि टुकीकाे भरमा गुजारा गर्दै आएका ताँजकाेटका स्थानीयबासीमा विद्युत पहुँच पुगेकाे हाे ।

ताँजकोटमा भएका सबै १ हजार २ सय घरधुरी नै पूर्णरूपमा विद्यु पहुँचमा जोडिएकाे गाउँपालिकाले जनाएकाे छ । जिल्लाका ७ स्थानीय तहमध्ये सिङ्गो गाउँपालिकामा विद्युतीकरण हुने ताँजाकोट पहिलो भएको छ ।

गाउँपालिकामा एउटा लघु  जलविद्युत र ४ स्थानमा सोलार मिनिग्रिट आयोजना निर्माण गरी सञ्चालनमा आएपछि विद्युत आपूर्ति भएपछि सिङ्गो गाउँपालिकामा विद्युतीकरण भएको अध्यक्ष लालकेश जैसीले बताए । उनका अनुसार ८ सय ५० घुरधुरीमा लघु जलविद्युत आयोजनाकाे विद्युत वितरण गरिएकाे छ । बाँकी ३ सय ५० घरधुरीमा साेलार मिनिग्रिड आयोजनाकाे विद्युत जाेडिएकाे छ ।

गाउँपालिकामा विद्युतीकरण गर्न ११० किलाेवाटकाे कर्पुखोला लघु जलविद्युत आयोजना निर्माण गरिएकाे छ । याे आयोजना कूल ८ करोड रुपैयाँ लागतमा सम्पन्न भएकाे छ ।

यस्तै, ८ करोड १६ लाख रुपैयाँ लागतमा गोठेलवाडा, ची, मदाना र सिरुपाटामा  सोलार मिनिग्रिड आयोजनाबाट १ सय २५ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।

त्यसैगरी, वडा नम्बर १ र ३ मा सोलार वितरण गरिएको छ । उत्पादित विद्युुत्ले गाउँपालिकाका सबै घरधुरीमा चौबिसै घण्टा विद्युत प्रयोग गर्न सेवाग्राहीलाई सहज भएको छ ।

पहिले सल्लाको दियालो बाल्दै आएका स्थानीयलाई विद्युुत् आयोजना निर्माण भएर सञ्चालनमा आएपछि सहज भएको छ । विद्युुत् आपूर्ति भएपछि फर्निचरलगायत उद्योगसमेत स्थापना भएर सञ्चालनमा आएका छन् ।


Read Previous

चुक्तीखोलामा पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित  

Read Next

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा टेलिकमका ग्राहकलाई डाटा र भ्वाइस प्याकमा अफरै अफर