Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दुर्गम गाउँमा ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण ःमन्त्री बस्नेत 


काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने गाउँमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट जनतामा आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेका बताएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवर्द्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।

परिसङ्घ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।

सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, सङ्घीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी आउनुपर्ने तथा मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसङ्घको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।


Read Previous

डुम्रे-बेँसीसहर सडक: उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द   

Read Next

मुआब्जा विवादले रोकियो सकिन लागेकाे गल्छी–त्रिशूली सडक निर्माण   

Leave a Reply

Your email address will not be published. Required fields are marked *