Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

राष्ट्रपतिले इप्पानसँगको भेटमा भने–‘नेपालबाट निर्यात गर्ने वस्तुनै जलविद्युत हो’


काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई समृद्धि गर्ने मुख्य आधार जलविद्युत रहेको बताएका छन् ।

बुधबार पौडेललाई बधाई दिन राष्ट्रपति निवास पुगेका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का पदाधिकारीहरुसँगको भेटमा उनले यस्तो बधाएका हुन् । ‘देशको समृद्ध गर्ने काम जलविद्युत क्षेत्रकै हो, नेपालबाट निर्यात गर्ने महत्वपूर्ण वस्तुनै जलविद्युत हो ।’ उनले भेटमा भने,‘जलविद्युतको निर्यात गर्नुपर्छ, जलविद्युतको महत्वबारे मैले बुझेको छु, कहाँ कस्तो सहयोग र सहजीकरण गर्नुपर्छ, भन्नुस, म तयार छु ।’

भेटमा इप्पान अध्यक्ष कृष्ण आचार्यले पुर्व उपप्रधानमन्त्री स्वर्गीय शैलजा आचार्यले जलविद्युतमा निजी क्षेत्रलाई ढोका खुलेको कारण आज देशमा उज्यालो भएको बताएका थिए । इप्पान उपाध्यक्ष मोहन डाँगीका अनुसार, अध्यक्ष आचार्यले विद्युत उत्पादनसँगै अब व्यापार गर्न चाहेकोले यसको लागि वातावरणका लागि अनुसराधे गरेका थिए ।

उनले चालु बर्षभित्र ३ हजार मेगावाट उत्पादन क्षमता पुग्ने तथा १ हजारदेखि १२ सय मेगावाटसम्म बिजुली खेर जाने अवस्था रहेकोले यसलाई मध्यनजर राखेर संसदबाट तुरुन्तै विद्युत विद्येयक पारित हुन नसकेमा अध्यादेशबाट ल्याउनुपर्ने हुन सक्नेतर्फ पनि संकेत गरेका थिए ।

भेटमा इप्पानका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई, उपाध्यक्ष गणेश कार्की, अर्का उपाध्यक्ष डाँगी, कार्यवाहक महासचिव बलराम खतिवडा, सचिवद्धय भरत खत्री र राम आचार्य, कोषाध्यक्ष आनन्द चौधरी तथा सदस्यहरु प्रकाश दुलाल, उत्तम ब्लोन, अभिज्ञा मल्ल, विक्रम विष्ट लगायत सहभागी थिए ।


Read Previous

मुलुकको मुहार बदल्दै जलविद्युत् परियोजना

Read Next

होटल पौवा प्रालिकाे होटल क्षेत्रमा ६० करोड लगानी, ३ सय बढीलाई रोजगारी   

Leave a Reply

Your email address will not be published.